बिडारीको ल फर्मभित्र तास खेलिरहेको अवस्थामा नगद सहित सात जना पक्राउ — OSNepal

बिडारीको ल फर्मभित्र तास खेलिरहेको अवस्थामा नगद सहित सात जना पक्राउ

LC (KTM) July 23, 2021 0

काठमाडौं ८ साउन । ल फर्मभित्र तास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

हिजो बिहिबार साँझ काठमाडौं महानगरपालिका १४ कलंकीस्थित चन्द्रागिरी नगरपालिका ८ बस्ने ५० वर्षीय रविन बिडारीको ल फर्मभित्र तास खेलिरहेको अवस्थामा बिडारी लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटीएको प्रहरी टोलीले विशेष सुचानाको आधारमा निजहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका हुन् ।

निजहरुको साथबाट नगद ७१ हजार ७ सय रूपैयाँ, १ थान तास खेल्न प्रयोग हुने उपकरण र ६ बुक तास प्रहरीले बरामत गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर