भारतमा कोरोनाबाट दिनकै सयौँ मानिले ज्यान गुमाएका बेला भगवान बनेर आइन बलिउड अभिनेत्री ज्याकलिन — OSNepal

भारतमा कोरोनाबाट दिनकै सयौँ मानिले ज्यान गुमाएका बेला भगवान बनेर आइन बलिउड अभिनेत्री ज्याकलिन

LC (KTM) May 16, 2021 0

कोरोनाको महामारीका बेला देशबासीको खराब हालतलाई मध्यनजर गर्दै भारतमा बलिउड तथा मनोरञ्जन उद्योगका धैरै जसो हस्तीहरु अगाडि आईरहेका छन् । उनीहरुले आफुले सकेको योगदान कुनै न कुनै माध्यमबाट दिईरहेका छन् ।

पछिल्लो पटक कोरोना संक्रमणमा कमी आए पनि अक्सिजन र बेडको अभाव भने झेलिनै रहनु परेको छ । हजारौ ब्यक्ति अक्सिजन र बेडको अभावमा अकालमा ज्यान गुमाईरहेका छन् ।

यसबेला अभिनेता सोनू सुद, सलमान खान, अजय देवगन, अक्षय कुमार, प्रियंका चोपडा लगायतले मन खोलेर सहयोग गरिरहेका छन् । त्यस्तै बलिउड अभिनेत्री जैकलीन फर्नाण्डिस पनि सहयोगका लागि अघि सरेकी छिन् ।

उनले एक अन्र्तबार्तामा १०० बेड क्षमताको कोभिड केयर सेन्टर खोल्ने घोषणा गरेकी छिन् । साथै उनले ५०० अक्सिजन कन्सनट्रेटर्सको ब्यवस्था गर्ने बताएकी छिन् । उनले दुई वटा एम्बुलेन्स पनि आफ्नो साथमै रहने जानकारी दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर