कोरोना संक्रमण तिब्र भएपछि दमकमा लकडाउनको घोषणा , लकडाउनमा मान्छे हिँडडुल समेत गर्न नदिइने — OSNepal

कोरोना संक्रमण तिब्र भएपछि दमकमा लकडाउनको घोषणा , लकडाउनमा मान्छे हिँडडुल समेत गर्न नदिइने

LC (KTM) July 24, 2021 0

कोरोनाको संक्रमण तिब्र भएपछि झापाको दमकमा थप सर्तकता अपनाइएको छ । सोमबार बिहानदेखि लकडाउन हुने भएको छ । नगरस्तरीय कोभिड संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यो निर्णय संगै अब दमक साउन ११ गते बिहान ४ बजेदेखि साउन १७ गते राति १२ बजेसम्म लकडाउन हुने भएको छ । दमक नगरपालिकाका उपसचिव दिनेश न्यौपानेले कोरोना संक्रमणको जोखिम बढेसँगै लकडाउन गर्ने निर्णय भएको जानकारी दिए ।

दमकमा मानिसको आउजाउ पुर्ण रुपमा बन्द गरिने छ, उनले भने, राजमार्ग बाहेक अन्त सवारीसाधन चल्न पाउने छैनन । आज मात्र दमकमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको स्थानीय तहमा सबै भन्दा बढी दमक नगरपालिकामा संक्रमीतको संख्या दिनानु दिन बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर