काठमाडौँ, २५ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेललाई जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखले समवेदना सन्देश पठाउनुभएको छ ।
जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर ँचबलप ध्बतिभच क्तभलmभष्भच, चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेल एभतभच एबखभ,ि अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेन ब्भिहबलमभच ख्बल म्भच द्यभििभल, निकारागुआका राष्ट्रपति ड्यानियल ओर्टेगा साभेद्रा म्बलष्भ िइचतभनब क्बबखभमचब, कतारका अमिर शेख तमिम विन हमाद अल थानी क्जभष्पज त्बmष्m द्यष्ल ज्बmबम ब्–ि त्जबलष् र स्पेनका पेद्रो सान्चेज एभमचय क्बलअजभश ले बेग्लाबेग्लै समवेदना सन्देशको पठाउनुभएको हो । उहाँहरुले भूकम्पपीडित परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
सन्देशमा राष्ट्रप्रमुखहरुले प्राकृतिक विपत्तिको यस घडीमा आफ्नो देश, जनता र सरकारकोतर्फबाट सहानुभूति प्रकट गर्दैै राहत तथा पुनःस्थापनाको काममा आवश्यक सहयोगका लागि सदैव तयार रहेको उल्लेख गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
यसअघि राष्ट्रपति पौडेललाई चीनका राष्ट्रपति सी चिनफीङ, रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्सलेले पनि समवेदना सन्देश पठाउनुभएको थियो ।