जम्मा १ सय रुपैयाँमा भब्य पसल किन्ने मौका पाइन् यि भाग्यमानीले — OSNepal

जम्मा १ सय रुपैयाँमा भब्य पसल किन्ने मौका पाइन् यि भाग्यमानीले

LC (KTM) July 26, 2021 0

काठमाडौँ । १ सय रुपैयाँमा पसल किन्न पाइन्छ ? सुन्दै पत्यार नलाग्ने तर सत्य यो खबर हो अमेरिकाको । अमेरिकाको कनेक्टिकनमा एक सैलुन मालिकले आफ्नो सैलुनमा काम गर्ने महिला कर्मचारीको कामबाट प्रभावित भएपछि आफ्नो पसल जम्मा १ सय रुपैयाँमा बेचेका हुन् ।

पियो इम्पेरती नामक सैलुनका मालिकले सैलुनमा काम गर्ने हेयर स्टाइलिस्ट क्याथी मौरालाई जम्मा १ सय रुपैयाँमा बेचेका हुन् । क्याथी मौरालाई हाइस्कुल पास भएपछि उनैले पहिलो काम दिएका थिए ।

उनको काम र असल व्यवहारका कारण पियोले उनीसंगको मित्रता रहिरहोस् भनेर आफूले केवल १ डलरमासैलुन बेचेको बताएका छन् । सुरुमा सहजै काम पाएपछि मालिकको मन जित्दै गएकी महिला सस्तोमा पसल पाएपछि अहिले खुशीले फुरुगं छिन् । उनी अहिले देश विदेशका विभिन्न संचारमाध्यम र सामाजिक संजालमा भाइरल बनेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर