ओलम्पिकका पहिलो पदक दिलाउने मीराबाईको भब्य स्वागत, भारत सरकारद्धारा १ करोड संगै प्रहरीमा एसपीको जागिर समेत दिने घोषणा — OSNepal

ओलम्पिकका पहिलो पदक दिलाउने मीराबाईको भब्य स्वागत, भारत सरकारद्धारा १ करोड संगै प्रहरीमा एसपीको जागिर समेत दिने घोषणा

LC (KTM) July 26, 2021 0

जापानको टोकियोमा भईरहेको ओलम्पिकमा भारतलाई पहिलो मेडल दिलाउने मीराबाई चानुको चौतर्फी चर्चा भएको छ । प्रतिष्पर्धा सकेर सोमबार दिल्ली आईपुगेकी उनलाई भारत सरकारले भब्य स्वागत गरेको छ । त्यतिमात्र हैन उनलाई सरकारले एक करोड रुपैया साथै प्रहरीमा जागिर समेत दिने घोषणा गरेको छ ।

चानुको गृहनगर मणिपुरको सरकारले उनलाई एक करोड भारतीय रुपैयाँ दिने घोषणा गरेको हो । त्यतिमात्र हैन उनलाई पुलिसमा एसपीको जागिर पनि दिने राज्य सरकारले निर्णय गरेको छ । मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंहले सोमबार पुरस्कारको घोषणा गरेका हुन । मिराले भारतका लागि महिला तर्फ पहिलो पदक दिलाएकी हुन् । उनले रजत पदक जितेकी थिइन ।

उनी दिल्लील विमानस्थलमा ओर्लदा नै उनको स्वागतमा कडा सुरक्षा दिइएको थियो भने उनलाई हेर्नेको भिड नै थियो । बिमानस्थलमा उनको भब्य स्वागत संगै उनलाई गार्ड अफ अनर पनि दिइएको थियो । उनी विमानस्थलमा पुगेपछि पीसीआर परिक्षण गरिएको थियो । उनीसँग उनका प्रशिक्षक बिजय शर्मापनि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर