पोखराको अन्नपूर्ण अस्पतालमा १३ महिने शिशुको मृ त्यु ,काखमा छोराको शवसहित आमा मिडियामा, के भन्छन चिकित्सक? हेर्नुहोस भिडियोमा — OSNepal

पोखराको अन्नपूर्ण अस्पतालमा १३ महिने शिशुको मृ त्यु ,काखमा छोराको शवसहित आमा मिडियामा, के भन्छन चिकित्सक? हेर्नुहोस भिडियोमा

LC (KTM) July 27, 2021 0

पोखरा : पोखरा महानागरपालिका वडा नम्बर १० शिवचोकमा रहेको अन्नपूर्ण अस्पतालमा एकजना शिशुको उपचारको क्रममा मृ’त्यु भएको छ। तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ दुलेगौडामा बस्दै आएका प्रेम र मिना सुनारका १३ महिने शिशुको उपचारको क्रममा अन्नपूर्ण अस्पतालमा मृ’त्यु भएको हो।

भर्खरै मात्र तोते बोलीमा बाबा भन्दै हास्ने र बिस्तारै पाइला अगाडी सार्दै गएका शिशुको अभिभावक छोरालाई देखेर खुसि थिए। उनीहरुको मनमा हजारौ सपनाहरुले स्थान पाइरहेको थियो। अब छोरा बिस्तारै हुर्किदै छ । बुढेसकालको साहरा नै यहि सन्तान हुन्छ भन्ने सोचका साथ् दिनहरु बिताईरहेका परिवारमा एक्कासी बज्र’पात आईपरेको छ।

छोरालाई एक्कासी ज्वरो आएपछि तनहुँको अस्पतालहरु भन्दा पोखराको अस्पतालमा राम्रो उपचार हुने आसाका साथ् उनिहरुले उपचारको लागि पोखराको अन्नपुर्ण अस्पतालमा ल्याएका थिए। आफन्तका अनुसार अस्पतालमा ल्याउने समयसम्म शिशुको अवस्था राम्रो थियो।

अस्पतालमा उपचारको लागि ल्याउने क्रममा अस्पतालले राम्रो संग शिशुको उपचारमा ध्यान नदिएको कारण आफ्नो १३ महिने शिशुको ज्या’न गएको परिवारले आ’रोप लगाएका छन्। छोराको मृ’त्युको घ’टनालाई लिएर उनका परिवार र आफन्त यति बेला आ’क्रोशित बनेका छन्। अस्पतालमा राम्रो संग उपचार नगरिएको , डाक्टरले उपचारको क्रममा प्रयाप्त सल्लाह सुझाव नदिएको साथै रातीको समयमा शिशुको स्वास्थ्य चेकजाच नगरेको आ’रोप लगाएका छन् । बिभिन्न बहानामा अस्पतालले आफ्नो लाप’रवाही नस्विकारे पनि छोराको मृ’त्यु अस्पतालको लाप’रवाही कै कारणले भएको आफन्तको जिकिर रहेको छ।

अस्पतालको ला’परवाही थियो वा थिएन ? यस बिषयमा सरकारी निकायको समयमा नै ध्यान जानुपर्ने र फेरी पनि यस्तै अर्को शिशुको अस्पतालको ला’परवाहीले गर्दा मृ’त्यु नहोस भन्नको लागि आफुहरुले ख’बरदारी गराउन चाहेको आफन्तले बताएका छन् । सरकारी निकायबाट छानबिन समिति गठन गर्नुपर्ने र सत्य तथ्य बाहिर आउनुपर्ने ,आवश्यक कार’वाही अगाडी बढाउनुपर्ने पि’डितले प्रमुख माग रहेको छ ।

आफन्तका अनुसार अस्पताल भित्र छोरालाई लैजाने समयमा छोरा खासै सि’रियस नरहेको र अस्पतालमा उपचारको लागि भित्र उपचार कक्षमा लगेपछि उपचारको क्रममा शिशुको नि’धन भएको हो ।छोराको मृ’त्यु भएपछी पनि डाक्टरलाई हाम्रो शिशुको मृ’त्यु हुनुको प्रमुख कारण के रहेछ भनेर आफन्तले बुझ्ने प्रयास गर्दा डाक्टरको व्यवहार राम्रो नभएको र उल्टै “जता गएपनि जाउ जुन मिडिया बोलाएपनि बोलाउ” लगाएतका कुराहरु डाक्टरबाट आएको भिडियो नै सार्वजनिक भएको छ।

आफ्नो छोरा हास्दै अस्पतालमा ल्याएको र केहि समयमा एक्कासी मृ’त घोषणा हुदा आफन्तमा अनेकौ प्रश्नहरु आउनु अस्वभाविक नै हो। एउटा अस्पतालको जिम्मेवारी व्यक्तिबाट शो’कमा रहेका परिवारलाई सम्झाई बुझाई गर्नु पर्ने अवस्थामा उल्टै धम्कीका भाषा प्रयोग हुदा कतै अस्पतालको ला’परवाही नै भएको हो कि? भन्ने प्रश्न यति बेला पि’डितको मनमा सृजना भएको छ।

आफ्नो छोरालाई अस्पतालको ला;परवाहीले गर्दा आफुहरुले गुमा’उनु परेको र आफुले जस्तो अरुले भोग्नु नपरोस भनेर बेलैमा सजग गराउन आफुहरुले मिडियामा सार्वजनिक गर्नुपरेको परिवारले जनाएको छ।शिशुको मृ;त्यु भएपछी आमाले शिशुको श’व नै काखमा लिएर पत्रकारको अगाडी आफुलाई न्याय दिलाइदिन आग्रह समेत गरेकी थिइन् । हास्दै अस्पताल आएको र शिशुको श’व लिएर घरमा फर्कदै गर्दा अस्पतालमा हुने लाप’रवाही र डाक्टरहरुको व्यवहार सबैले बुझ्नुपर्ने अवस्था आएको मृ’तकका परिवारले बताएका छन्।

एका तिर आफन्त अस्पतालको ला’परवाहीले गर्दा शिशुको मृ’त्यु भएको भनेर गुहार माग्दै गर्दा अस्पताल प्रशासन आफुहरुको कुनै पनि लाप’रवाही नभएको र ज्वरो आएको कारण शिशुको मृ’त्यु भएको बताउदै आएका छन् ।

शिशुको उपचारमा खटिएका डाक्टर भन्छन -‘अस्पतालमा आएका बिरामीलाई उपचार गर्दै सन्चो बनाएर घर पठाउने चाहना सबैको हुने गर्छ तर उपचारमा सफल नहुदा आफन्तले लगाउने हत्या’राको आ’रोपले आफुहरुलाई काम प्रति इच्छा शक्ति नै हराउदै जाने गरेको छ।”

शिशुको मृ’त्यु पछि त’नावग्रस्त बनेको अस्पतालबाट परिवारले श’व बुझेका छन् भने शिशुको अन्तिम सस्कार पनि गरिएको छ। देशको चौथो अंगको रुपमा रहेको पत्रकारीता जगतले सत्य तथ्य बाहिर ल्याउने र वास्तविकता खोतल्दै जाने आशाका साथ् आज एकजना आमाले आफ्नै १३ महिनाको छोराको श’व काखमा लिदै पत्रकारलाई सहयोगको लागि अपिल गर्नुपरेको छ।

हेर्नुहोस भिडियोमा ‘ हामीले यस बिषयमा आफन्त र उपचारमा खटिएका डाक्टरको भनाईलाई जस्ताको त्यस्तै सम्प्रेषण गरेका छौ। तपाईलाई यो घटनाको बिषयमा के कस्तो लागेको छ कृपया भिडियो हेरेर सल्लाह सुझाव दिन नबिर्सनुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर