पति राजका कारण सारा करियर डामाडोल बनेपछि शिल्पाको फिल्म पनि डामाडोल नै बन्यो, भनिन् ‘हंगामा–२’ हेरिदिनुहोला — OSNepal

पति राजका कारण सारा करियर डामाडोल बनेपछि शिल्पाको फिल्म पनि डामाडोल नै बन्यो, भनिन् ‘हंगामा–२’ हेरिदिनुहोला

LC (KTM) July 28, 2021 0

मुम्बई । अशलील चलचित्र बनाएको आरोपमा अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा गिरफ्तार भएका छन् । यसले शिल्पालाई गहिरो समस्या पारेको छ । भारतीय प्रहरीले कुन्द्रालाई अश्लील चलचित्र बनाएको आरोपमा गिरफ्तार गरेपछि अहिले उनी प्रहरी नियन्त्रणमा छन् ।

प्रहरी नियन्त्रणमा श्रीमान् रहेकै बेला अभिनेत्री शिल्पाले आफ्नो नयाँ चलचित्र ‘हंगामा–२’ हेर्न सर्वसाधारणलाई आग्रह गरेकी छन् । यो चलचित्र ओटिटी प्लेटफार्मबाट प्रदर्शनमा आउने तयारीमा छ । कुन्द्रालाई २३ तारिखमा अनुसन्धानका लागि भन्दै प्रहरीले हिरासतमा लिएको छ ।

शिल्पाले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्टर सार्वजनिक गर्दै चलचित्र हेर्न दर्शकलाई अनुरोध गरेकी हुन् । उनले पोस्टर सेयर गर्दै आफू योग अभ्यास गर्ने र त्यसले दिएको शिक्षामा विश्वास गर्ने जिकिर गरेकी छन् । उनले लेखेकी छन्, ‘जिन्दगी जुन क्षणमा हुन्छ त्यही वर्तमान हो । हंगामा–२ को पूरा टिमको नतिजा आएको छ । यसमा सबैले कडा मिहिनेत गरेका छन् । यसको असर चलचित्रमा कुनै हालतमा पनि पर्नुहुन्न ।’सौर्य दैनिकमा खबर छ ।

यसैबीच मुम्बई प्रहरीले शुक्रबार अभिनेत्री शिल्पाको बयान लिएसँगै घरमा खोजतलास गरेको थियो । त्यसक्रममा उनको ल्यापटपसमेत जफत गरेको छ । प्रहरीले शिल्पा श्रीमानको कम्पनी विवान इन्डस्ट्रिजकी निर्देशक भएकाले उनको बयान लिइएको जनाएको छ ।

शिल्पाले कम्पनीको निर्देशकबाट राजीनामा दिइसकेकी छन् । उनले पूरै परिवारका साथ चलचित्र हेर्न आग्रह गरेकी छन् । उनी लामो समयपछि हंगामा–२ मार्फत कमब्याक भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर