इजरायली सेनाको आक्र मणमा परी अलजजिरा र एपीको कार्यालय ध्व स्त — OSNepal

इजरायली सेनाको आक्र मणमा परी अलजजिरा र एपीको कार्यालय ध्व स्त

LC (KTM) May 16, 2021 0

काठमाडौँ -इजरायली सेनाको आक्रमणमा परी प्यालेस्टाइनको गाजास्थित १२ तले टावरमा रहेका अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी), कतारी सञ्चारमाध्यम अल जजिरालगायत थुप्रै कार्यालय ध्वस्त भएका छन् । कतार सरकारको लगानीमा सञ्चालित अल जजिराले आक्रमणको दृश्य प्रत्यक्ष प्रसारण गरेको थियो। टावरका मालिक जवाद मेहदीलाई इजरायली सेनाले एक घण्टाअघि फोन गरेर आक्रमण गर्न लागिएको भन्दै टावर खाली गराउन आदेश दिएको समाचारमा जनाइएको छ ।

मेहदीले पत्रकारका उपकरण लैजान १० मिनेट समय थप्न आग्रह गरे पनि इजरायली सेनाले अस्वीकार गर्दै आक्रमण गरेको बताइएको छ ।एपीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ग्यारी प्रुइट वक्तव्य जारी गर्दै भवनमा हमासको गतिविधि रहेको कुनै संकेत नवाएको बताएका छन् ।

उनले थाहा पाइपाई कहिल्यै पनि आफ्ना पत्रकारलाई जोखिममा नराख्ने पनि बताएका छन् ।आजको घटनाले अब गाजामा के भइरहेको छ भन्ने कुरा विश्वले कमै मात्र थाहा पाउने प्रुइटले बताए । सोमबारयता इजरायली आ  क्र मणबाट ३९ बालबालिकासहित १४० प्यालेस्टिनीको ज्या न गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर