मेडल जित्यो भने भारतीय नत्र चिंकी–चाईनिज, नेपाली कि त कोरोना नामले चिनिन्छ , ओलम्पिकमा मेडल जित्ने मीराबाईले नै सहनु परेको छ भेदभाव — OSNepal

मेडल जित्यो भने भारतीय नत्र चिंकी–चाईनिज, नेपाली कि त कोरोना नामले चिनिन्छ , ओलम्पिकमा मेडल जित्ने मीराबाईले नै सहनु परेको छ भेदभाव

LC (KTM) July 27, 2021 0

टोक्यो ओलम्पिक २०२० मा रजत पदक जितेर मीराबाई चनुले भारतमा मात्र हैन अन्र्तराष्ट्रिय स्तरमा भारतको शान फैलाएकी छिन् । नर्थ इष्ट इण्डिया अर्थात मणिपुर मुलकी मीराबाईको यस जीतमा भारतका बच्चा देखी लिएर देश हाँक्नेहरुले समेत गर्वले छाति फुलाएर प्रशंसा गरेका छन् ।

अहिले उनको सामाजिक सञ्जाल देखी लिएर भारतका घर घरमा चर्चा चुलिएको छ । तर यो खुशीका बीच केही ब्यक्तिहरुको मनमा नर्थ इष्ट इण्डिया मुलकाहरु लाई गरिने जातिबादी भावना कायमै रहेको छ । जुन दबिएर बसेको छ जहिल्यै पनि । तर यसपाली यो मुद्धाका बिषयमा मिलिन्द सोमनकी पत्नी अंकिता कोंवरले आवाज उठाएकी छिन् ।

अंकिताले इन्ष्टाग्राममा एक पोष्ट सार्वजनिक गरेकी छिन् । यस पोष्टमा अंकिताले नर्थ इष्ट इण्डियाका मानिसहरु संग गरिने भेदभावका बिषयमा आफ्नो असन्तुष्टि पोखेकी छिन् । उनले लेखेकी छिन्– यदि तपाई नर्थ इष्ट इण्डिया बाट हुनुहुन्छ भने तपाई पनि भारतीय हुनुहुन्छ तर तपाईले जब मेडल जित्नु हुन्छ ।

नत्र तपाई चिंकी, चाइनीज, नेपाली या अब एक नयाँ एडिशनको कोरोनाको नामले चिनिन सक्नुहुन्छ । भारतमा जातिबाद बाट पीडित कैयौ ब्यक्तिहरु रहेका छन् । म यो आफ्नो अनुभवले बताईरहेको छु । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अंकिताको यस कुरामा सहमती जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर