निकै तनाव भएका कारण आफूले म रेको हल्ला फिँजाएको स्विकार गरे विजयले — OSNepal

निकै तनाव भएका कारण आफूले म रेको हल्ला फिँजाएको स्विकार गरे विजयले

LC (KTM) July 28, 2021 0

काठमाडौं- साउन १२ गते मंगलबार आज बेलुकी पख एउटा खबर सामाजिक सञ्जालमा एकदमै तिब रुपमा फैलियो । हल्ला थियो कि पछिल्लो समय आफुलाई मेमोरी किंगको रुपमा चिनाउदै आएका बिजय शाहीले आत्मह त्या गरे । यो कुरा यसरी भाईरल भयो कि उनलाई श्रद्धाञ्जली दिनेहरुको सामाजिक सञ्जाल भर भिड नै देखियो ।

सामान्य नागरिक देखी लिएर आफुलाई गन्ने मान्ने बताउँदै आएका एक दुई जना सामाजिक अभियन्ताले समेत श्रद्धाञ्जली दिन पछि परेनन् । बिजयी शाहीको आत्मह त्याको खबर छिनभरमै भाइरल भयो । यस अन्तरालमा केहीले अगाडिको उनको अन्र्तबार्तालाई आधार मानेर डिभाइन पावर प्रमाणित नभए आत्मह त्या गर्छु भन्थ्यो ग¥यो भन्ने अड्कलबाजीहरु समेत काटियो ।

कसै कसैले त आत्म चाहि गएको र मृत शरीरको प्रहरीले मुचुल्का उठाईरहेको भोली सम्म आफुमा दैबीक शक्ति छ भने पुर्न जन्म समेत हुने कुरालाई फेक आत्मह त्या संग जोड्न पनि पछि परेनन् । तर अन्ततः बिजय शाही घरमै भेटिएको खबर आएको छ । सामाजिक सञ्जाल उनको मृ त्युको खबरले रंगिए पछि प्रहरीले पनि यस बिषयमा चासो देखायो र अन्ततः घरमै आराम गरेर बसिरहेको पुष्टि गरेको छ ।

उनी कालिकोटमा भेटिएका छन् । कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहीले विजय शाहीको मृ त्युको हल्ला झुटो भएको बताएका छन् । डिएसपी शाहीका अनुसार तर उनी सामान्य बिरामी अवस्थामा रहेका छन् ।केही स्वास्थ्यमा समस्या देखिएर अस्पताल सम्म पुगेको कुरा सत्य रहेको प्रहरी स्रोतले नै खुलाई सकेको छ । उनी अहिले आफ्नो महावै गाउँपालिका वडा नं ५ मा रहेको घरमा आराम गरिरहेको बताइएको छ ।

प्रहरीले झुठो समाचारका बिषयमा अनुषन्धान गरिरहेको छ । प्रहरी शाहीको घरमा पुग्दा उनी टेलिभिजन हेरेर बसिरहेका थिए।उनले पछिल्लो समय निकै तनाव भएका कारण आफूले मरेको हल्ला फिँजाएको स्विकार गरेका छन्।सार्वजनिक फोटोमा मृत्यु भएको भ्रम फैलाउन जिउँदो विजयको नाकमा रुइ खोचिएको देखिएको छ भने फोटोमा हाँसेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर