ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु — OSNepal

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

LC (KTM) July 28, 2021 0

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाँकी ३६ वर्षीया श्रीमती भीमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दम्पती सुुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ ।

प्रहरीका अनुसार राति १० बजेतिर पूर्वतर्फ आउँदै गरेको प्र२–०३–०१३प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ८७३० नम्बरको ट्रक एकापसमा जुधेको थियो ।

ठक्करबाट घाइते दम्पतीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा संलग्न ट्रक र ट्रकका चालक मोरङ जिल्ला विराटनगर बस्ने सुजन थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

इटहरी आइपुग्दा बेलुका भइसकेपछि घरमा रहेका १४ वर्षीय छोरालाई फोन गरे खाना खाँदै गर्नु हामी यतै खाएर आउँछौँ भनेको भएता पनि उनीहरु घर पुग्न पाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर