‘वीर विक्रम २’हिन्दी डबिङमा आउँदै — OSNepal

‘वीर विक्रम २’हिन्दी डबिङमा आउँदै

LC (KTM) May 16, 2021 0

काठमाडौं-फिल्म ‘वीर विक्रम २’को हिन्दी डबिङ गरिएको छ । । भारतमा रिलिजको लागि फिल्मको हिन्दी डबिङ गरिएको बताइएको छ । फिल्म दुई वर्ष अघि प्रदर्शनमा आएको थियो । फिल्मलाई अत्यन्तै मन पराइएको थियो । कोरोनाको कारण भारतमा पनि फिल्म रिलिज माहोल नभएकोले अव फिल्म भारतीय यूट्युब च्यानलबाट सार्वजनिक हुने भएको छ ।

निर्देशक चाम्सले नै फिल्म हिन्दी डबिङ गरेर सार्वजनिक गर्न लागेको बताएका छन् । फिल्मलाई मिलनले नै निर्देशन गरेका थिए । फिल्ममा वर्षा सिवाकोटी, पल शाह, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर