१२ अर्बको नीलमणि भेटीयो, इनार खन्दा भेटीएको नीलमणि देखेर सबै चकित — OSNepal

१२ अर्बको नीलमणि भेटीयो, इनार खन्दा भेटीएको नीलमणि देखेर सबै चकित

LC (KTM) July 28, 2021 0

काठमाडौं – श्रीलंकामा विश्वकै सबैभन्दा ठुलो नीलमणि भेटिएको छ । उक्त नीलमणि श्रीलंकाको रत्नपुरा क्षेत्रमा भेटिएको हो ।

इनार खनिरहेको मान्छेहरुले उक्त नीलमणि भेटेका हुन् । उनीहरुले अनौठो नीलमणि भेटिएपछि सबैलाई जानकारी गराएका थिए । जाँच्न अधिकारीहरूले खबर पाएलगत्तै नीलमणिको जाँच पनि गरेका छन् ।

गामागे नाम गरेका व्यापारीले आफ्नो घरको छेउमा इनार खन्न लगाएका थिए। ती व्यापारीलाई अनौठा ढुंगाको बारेमा बताउँदा उनले केही बताउन चाहेनन् । उनको परिवारले तीन पुस्तादेखि रत्न व्यापार गर्दै आइरहेको छ ।

विज्ञहरूका अनुसार ५१० किलोग्रामको उक्त नीलमणिको अन्तर्राष्ट्रिय बजार मूल्य अहिले १० करोड डलर ९११ अर्ब ८८ करोड रुपैयाँ० रहेको बीबीसीमा जनाइएको छ । नीलमणि ४० करोड वर्ष पहिले बनेको हुनसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर