समाज सेवामा ब्यस्त धुर्मुस सुन्तलीको पर्दामा कमब्याक , म त मर्छु कि क्या हो को ट्रेलर सार्वजनिक — OSNepal

समाज सेवामा ब्यस्त धुर्मुस सुन्तलीको पर्दामा कमब्याक , म त मर्छु कि क्या हो को ट्रेलर सार्वजनिक

LC (KTM) July 28, 2021 0

हाँस्य जगतमा एकदमै ख्याती कमाएका सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली समाजसेवामै ब्यस्त रहेका छन् । एकताका मेरी बास्सै बाट तहल्का पिटेका यी जोडी अचेल फिल्म तथा टेलिफिल्ममा कमै मात्र देखिने गरेका छन् ।

उनीहरु क्रिकेट रंगशालामा ब्यस्त रहेका छन् । उनीहरु अघिल्लो समय सेन्टी भाइरसमा देखिए पछि पर्दामा एकदमै कम देखिन थालेका छन् । तर धुर्मुस–सुन्तलीका फ्यानहरुलाई खुशीको खबर आएको छ । उनीहरुको फाउन्डेसनको निर्माणमा बनेको ‘म त मर्छु कि क्या हो’ अब दर्शक माझ आउँदैछ ।

यसको ट्रेलर सार्वजनिक भएको छ । केही समय अगाडि नै निर्माण सम्पन्न भइसकेको ‘म त मर्छु कि क्या हो’ बुधबार अर्थात आज सार्वजनिक भएको हो । उनीहरुको यो कमब्याक फिल्मको ट्रेलर उनीहरुकै युटुब च्यानल धुर्मुस सुन्तली मार्फत आज सार्वजनिक गरिएको हो ।

कोरोनाका कारण फिल्म हलहरु संचालन नभईरहेको अवस्थामा उनीहरुको यो फिल्म दर्शकले डिजिटल प्लेटफर्मबाट रिलिज हुने बताइएको छ ।धुर्मुस र सुन्तलीसँगै बुद्दी तामाङ, विजय बराल, कमेडी च्याम्पियन बाट उदाएका युवा कमेडियन सुमन कार्की लगायतको भुमीका रहेको छ ।

यस फिल्ममा दुईवटै मृगौला बिग्रिएर अस्पतालमा रहेकी कलाकार पल्पसा डंगोल अर्थात चम्सुरीलाई पनि देख्न सकिन्छ । यो फिल्मको ट्रेलरले कृषीका कुरालाई शसक्त रुपमा उठाएको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर