अमेरिकाको एक विद्यालयमा गोली चल्दा १७ विद्यार्थीको मृत्यु



काठमाडौं : अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा १७ जना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको फ्लोरिडामा एक विद्यालयमा ली चलाउँदा कम्तिमा १७ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।

फ्लोरिडाको पार्कल्याण्डमा रहेको एक हाइस्कुलमा एक किशोरले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । ओरोपित १९ वर्षका निकोलाउस क्रुजलाई प्रहरीले पक्रेको छ । अन्धाधुन्ध गोली चलाउने क्रुज विद्यालयका पूर्व विद्यार्थी हुन् । उनलाई विद्यालयले निष्काशन गरेको थियो । उनले आफ्नो साथमा एक भन्दा धेरै मेसिनगन ल्याएको र अन्धाधुन्ध गोली चलाएको सरकारी अधिकारीले बताएका छन् ।

समाचारमा उल्लेख भए अनुसार क्रुजले विद्यालय भित्र गोली चलाउन पूर्व बाहिरी क्षेत्रमा पनि गोली चलाएका थिए । यो सन् २०१२ यता विद्यालयमा भएको सबैभन्दा ठूलो र घातक गोलीकाण्ड हो । सन् २०१२ मा केन्टुकीमा एक विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु भएको थियो ।

Comment