सयौँको संख्यामा भेला भएका बाँदरको ‘ग्याङ फाइट’ भिडियोमा हेर्नुहोस्, गाडी नै रोकेर बाँदरको रमिता हेरे सर्वसाधारणले — OSNepal

सयौँको संख्यामा भेला भएका बाँदरको ‘ग्याङ फाइट’ भिडियोमा हेर्नुहोस्, गाडी नै रोकेर बाँदरको रमिता हेरे सर्वसाधारणले

LC (KTM) July 29, 2021 0

काठमाडौं ।बाँदर चञ्चल र चकचके स्वभावका हुन्छन् । उनीहरुको यहि हर्कतले मानिसलाई रोमाञ्चित तुल्याउँछ । कतिपय बाँदर मानिसले झै व्यवहार गर्दछन् । यसले झन् मानिसलाई आर्कषित गर्दछ ।

यस्तै बाँदरको एक भिडियो चर्चामा छ । जहाँ बाँदरले गरेको हर्कत चर्चामा छ । थाइल्याण्डमा दुई गुटका बाँदरबीच लडाई चलेको छ । लोपबुरीको फ्रा कान मन्दिरको छेउछाउमा दुई तीरका बाँदरबीच लडाई चलेको हो ।

सडकमा दुई गुटका बाँदरबीच लडाई चलेको देख्दा मानिसहरु चकित पर्दै हेरिरहेका थिए । दुई गुटका बाँदरबीच लडाई चलेपछि सडकमा गाढडीको जाम भएको थियो । घण्टौँको त्यो लडाईमा १ सय भन्दा बढी बाँदरहरू थिए ।

थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीमा झण्डै १ घण्टासम्म बाँदरहरूबीच लडाँई चलेको थियो । यस्तो घटना निकै कम देख्न पाइन्छ । बाँदरको यहि हर्कत सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर