नक्कली बुबा बनाई नेपाली नागरिकता लिएको आरोपमा भारतिय सिता पेटेल सहित नक्कली बुबा पनि पक्राउ — OSNepal

नक्कली बुबा बनाई नेपाली नागरिकता लिएको आरोपमा भारतिय सिता पेटेल सहित नक्कली बुबा पनि पक्राउ

LC (KTM) July 29, 2021 0

वीरगंज १४ साउन । झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई–२ का ५१ वर्षीय धुरुप प्रसाद पटेल र भारत घर भएका बहुदरमाई–२ मा बस्ने कविता कुमारी भनिने सीता पटेल रहेकी छन् । निज सीता पटेलले धुरुपलाई नक्कली बुबा बनाई कविता कुमारीको नामबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७० पुस ११ गते नागरिकता बनाएको अनुशन्धानको क्रममा खुल्न आएको हो ।

निजहरुलाई वडा प्रहरी कार्यालय श्रीपुरले बिहीबार वीरगंज १३ श्रीपुरस्थित डेराबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर नागरिकता सम्बन्धी कसूरमा अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर