दूघ बेचेर घर फर्कने क्रममा खोलाले बगायो तुलसीलाई, परिवारमा रुवाबासी — OSNepal

दूघ बेचेर घर फर्कने क्रममा खोलाले बगायो तुलसीलाई, परिवारमा रुवाबासी

LC (KTM) July 29, 2021 0

मकवानपुरगढी गाउँपालिका–४ स्थित सामरी खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ । सोही गाउँपालिका–६ निवासी ४२ वर्षीया तुलसीमाया घलानलाई बुधबार साँझ उक्त खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

मृतक घलान बुधबार साँझ दूघ बेचेर घर फर्कने क्रममा खोला तर्न लाग्दा बगाएको थियो । स्थानीयवासीले शव खोलाको किनारमा आज देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालस्थित शव गृहमा ल्याएको र घटनाबारे थप अनुसन्धान भइरहेकोे जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर