जर्मन क्लब हेर्था बर्लिनसँग लिभरपुल ४-३ गोल अन्तरले पराजित — OSNepal

जर्मन क्लब हेर्था बर्लिनसँग लिभरपुल ४-३ गोल अन्तरले पराजित

LC (KTM) July 30, 2021 0

काठमाडौँ । जर्मन क्लब हेर्था बर्लिनसँग लिभरपुल ४-३ गोल अन्तरले पराजित भएको छ । प्रि(सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा जर्मन क्लब हेर्था बर्लिनसँगको रोमाञ्चक प्रतिस्पर्धापछि लिभरपुल पराजित भएको हो । हेर्थाको जितमा स्टेभन जोभिटिचले दुई गोल गरे । सान्टियागो र साउट सेरडरले एक एक गोल गरे ।

लिभरपुलका साडियो माने,ताकुमी मिनामिनो र एलेक्स च्याम्बर्लिनले एक एक गोल गरेको खेल हेर्न लायक थियो । यही खेलबाट डिफेन्डर भिर्गिल भान डाइक मैदान फर्किएका छन् । चोटको कारण युरोकप फुटबल समेत गुमाएका डाइकयही खेलमा २ सय ८५ दिनपछि मैदान फर्किएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर