बढ्यो सुनको मूल्य, आज १० दिन यताकै महँगो ! — OSNepal

बढ्यो सुनको मूल्य, आज १० दिन यताकै महँगो !

LC (KTM) July 30, 2021 0

काठमाडौ । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसाही महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेर ९२ हजार ९ सय रुपैंयाँ मा किनबेच भएको जनाइएको छ ।

त्यस्तैगरी आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाँले बढेर ९२ हजार ४ सय रुपैंयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैंयाँमा किनबेच भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर