'केहि दिनमा नै अब पार्टी एकता हुन्छ' — OSNepal

‘केहि दिनमा नै अब पार्टी एकता हुन्छ’

LC (KTM) July 30, 2021 0

काठमाडौं १५ साउन । नेकपा एमालेका गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले केहि दिनमा नै पार्टीको विवाद समाधान भएर पार्टी एकता हुने बताएका छन् ।

हिजो बिहिबार मदन भण्डारी फाउण्डेशन कास्कीद्वारा आयोजित ‘पार्टीभित्रको समस्या समाधानमा सञ्चारकर्मीको भूमिका’विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी भएका नेता गुरुङले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पार्टीलाई एक ढिक्का बनाउन दोस्रो तहका नेताहरु लागि परेका बताएका उनले पार्टी एकताका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको प्रत्यक्ष वार्ताको तयारी भएको समेत खुलासा गरेका छन् ।

नेकपा एमाले केन्द्रीय सचिवसमेत रहेका गुरुङले सङ्गठित पार्टी निर्माणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पार्टीको आगामी महाधिवेशनले अहिले देखिएका असन्तुष्टिको अन्त्यका लागि आवश्यक नीति निर्माण गर्नेमा जोड दिएका थिए ।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेशका पूर्वमन्त्री किरण गुरुङले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लानुको विकल्प नभएको बताउँदै त्यसका लागि मिडियाले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर