एकातिर मन्त्रिमण्डल विस्तार अर्को तिर पार्टीको महाधिवेशनको तनाव झेलिरहेका देउवाले बोलाए तीन शिर्ष नेताहरुलाई बुढानिलकण्ठ — OSNepal

एकातिर मन्त्रिमण्डल विस्तार अर्को तिर पार्टीको महाधिवेशनको तनाव झेलिरहेका देउवाले बोलाए तीन शिर्ष नेताहरुलाई बुढानिलकण्ठ

LC (KTM) July 30, 2021 0

काठमाडौँ १५ साउन । नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाले पार्टीको क्रियाशील सदस्यता विवाद समाधान गर्ने विषयमा छलफल गर्न शिर्ष नेताहरुलाई बोलाएका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलालाई प्रधानमन्त्री समेत रहेको देउवाले आफ्नो निजी निवास बुढानिलकण्ठ बोलाएका हुन् ।

आज बस्ने तीन शीर्ष नेताहरुको बैठकले क्रियाशील सदस्यताको विषयमा विवाद समाधान गर्ने विषयमा छलफल हुने भएको छ ।

बारा र सप्तरी जिल्लामा नयाँ क्रियाशील सदस्यताको विवाद तथा धनुषा–४ र सर्लाही–२ मा नयाँ क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्ने मुख्य जिम्मेवारी रहेका तिन नेताले पाँच दिनको समयभित्र विवाद टुंगो लगाउनुपर्ने बाध्यता रहेको छ ।

प्रधानमन्त्री समेत रहेका देउवालाई एका तिर मन्त्रिमण्डल विस्तार गर्ने दवाव रहेको छ भने अर्को तिर पार्टीको महाधिवेशन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर