महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिएपछि एकजना बेपत्ता, स्थानिय आक्रोशित — OSNepal

महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिएपछि एकजना बेपत्ता, स्थानिय आक्रोशित

LC (KTM) July 30, 2021 0

काठमाडौं- महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा एकजना नेपाली नदीमा बेपत्ता भएका छन्। सदरमुकाम खलंगा आउने क्रममा माल खानदानका ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको प्रहरीले जनाएको छ । गाउँबाट दार्चुला सदरमुकाम आउने क्रममा उनी नदीमा तुइन तर्दै गर्दा एसएसबीले देखेपछि तुइन काटिदिएको बताइएको छ । भारत पांगलमा रहेका एसएसबीले तुइन काटेका हुन्।

धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका स्थानीय दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

वेलावेला एसएसबीले तुइन काटिदिने गरेको भए पनि स्थानीयले तुइन लगाउने गरेका छन्। अहिले घटनास्थलमा दुम्लिङ र सुनसेरा प्रहरी चौकीबाट प्रहरी र दुम्लिङबाट सशस्त्र गइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर