लुम्विनी प्रदेश प्रमुखमा अमिक शेरचनबाट पदभार ग्रहण — OSNepal

लुम्विनी प्रदेश प्रमुखमा अमिक शेरचनबाट पदभार ग्रहण

LC (KTM) July 30, 2021 0

काठमाडौँ १५ साउन । लुम्विनी प्रदेश प्रमुखमा नेकपा माओवादी केन्द्रका अमिक शेरचनले पद भार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गरेसँगै शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने विपन्न जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिता दिन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

विद्यामान समावेशी र समानुपातिकसहितको सङ्घीय व्यवस्था अन्तरराष्ट्रिय जगतका लागि उदाहरणीय भएको बताएका शेरचनले यो व्यवस्थालाई कार्यानवयन गर्नुपर्ने समेत बताएका छन् ।

संविधानले निर्दिष्ट गरेका अधिकार भन्दा बाहिर जाने छुट कसैलाई नभएको बताएका शेरचनले भनेका छन् , ‘संविधानलाई आफू अनुकूल व्याख्या गर्ने र संविधानको मर्म र भावनाभन्दा फरक ढङ्गले हिँड्ने स्थिति सिर्जना हुनु हुँदैन ‘ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर