नेपाललाई थप १६ लाख डोज कोरोनाको खोप अनुदानमा चीन सरकारले उपलब्ध गराउने — OSNepal

नेपाललाई थप १६ लाख डोज कोरोनाको खोप अनुदानमा चीन सरकारले उपलब्ध गराउने

LC (KTM) July 30, 2021 0

काठमाडौं १५ साउन । नेपालको लागि चिनीँया राजदुत होउ यान्छी र अर्थमन्त्री जनार्दन शर्माबिच आज भेटवार्ता भएको छ ।

भेटका क्रममा राजदुत यान्छीले नेपाललाई थप १६ लाख डोज कोरोनाको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् । अर्थमन्त्री शर्माले खोप खरिद प्रक्रियालाई थप सहज बनाउन समेत आग्रह गरेका छन् ।

यस भन्दा अघि पनि चिनीयाँ सरकारले नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ ।

त्यसै, गरी भेटका क्रममा चिनीया सरकारको सहयोगमा बन्दै गरेको सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजना सम्मपन्न गर्न नेपाल सरकारले विशेष ध्यान दिएको पनि शर्माले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर