ज्वाँई पोर्न फिल्म बनाउँदै मान्छे ठग्दै , तर राज कुन्द्राकी सासू आफै यसरी ठगिईन एक जग्गा दलालीबाट — OSNepal

ज्वाँई पोर्न फिल्म बनाउँदै मान्छे ठग्दै , तर राज कुन्द्राकी सासू आफै यसरी ठगिईन एक जग्गा दलालीबाट

LC (KTM) July 30, 2021 0

पछिल्लो हप्तादेखी बलिउड अभिनेत्री शिल्पा शेट्टी तथा उनका पति पोर्नाेग्राफी भिडियो काण्डलाई लिएर एकदमै चर्चामा रहेका छन् । अब शिल्पाकी आमाले पुलिसमा धोखाधडीको शिकायत दर्ता गरेकी छिन् । यस मामलामा शिल्पा तथा राज कुन्द्राको कुनै कनेक्सन छैन ।

शिल्पाकी आमा सुनन्दाले यो उजुरी जमीनमा धोखाधडी भएको भन्दै दर्ता गराएकी हुन् । उनले जुहु पुलिस स्टेशनमा सुधाकर घारेका बिरुद्ध उजुरी दर्ता गराएकी हुन् । यो उजुरी जमीन कर्जत जिल्ला रायगडलाई लिएर भएको हो ।

सुनन्दाले २०१९ फेब्रअरी २०२० को समयमा सुधाकरबाट कर्जा बापत एक जमीनको संझौता गरेकी थिईन् । त्यस समय उक्त जमीन आफ्नो भएको बताएर जमीनको नक्कली दस्तावेज बनाएर सुनन्दा बाट १ करोड ६० लाख सुधारले लिएका थिए ।

केही समय पछि मात्र उनलाई यो कुरा थाहा भएको र सुधाकर संग सोधपुछ गरेकी थिईन् । त्यतिबेला आफु एक नेताको नजिकको मान्छे भएको र कोर्टमा मुद्धा हाल्न धम्कि दिएका थिए । यसपछि सुनन्दा कोर्टमा पुगिन् र कोर्टको आदेश अनुसार पुलिसले यस मामलाको जाँच सुरु गरिदिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर