राज कुन्द्राको टिमलाई मेरो पासवर्ड र ब्यक्तिगत बिवरण दिनु ठुलै गल्ती भयो -अभिनेत्री पुनम पाण्डे — OSNepal

राज कुन्द्राको टिमलाई मेरो पासवर्ड र ब्यक्तिगत बिवरण दिनु ठुलै गल्ती भयो -अभिनेत्री पुनम पाण्डे

LC (KTM) July 30, 2021 0

अभिनेत्री पुनम पाण्डेले राज कुन्द्रा माथि गंभीर आरोप लगाएकी छिन् । उनले राज कुन्द्रा संग काम गर्नु उनको आफ्नो जिन्दगीको सबैभन्दा ठुलो गल्ती भएको बताएकी छिन् ।

पुनम पाण्डेले राज कुन्द्रा तथा उनी संग जोडिएका ब्यक्तिहरुलाई जाली, चोर तथा फोन नम्बर लीक गर्ने फटाहाको आरोप लगाएकी छिन् । पुनमले एक अन्र्तबार्तामा भनेकी छिन्– जब मैले उनीहरु संग एमओयु साईन गरेको थिए ।

जो कि मात्र १ महिना चलेको थियो । यो पुरा थाहा थियो कि उनीहरु चीटिंग गरिरहेका थिए तथा एकदमै अब्यवसायीक रहेका थिए । मैले तुरुन्तै आफ्नो संझौता लाई खत्तम गरिदिएको थिए । उनीहरु संग ब्यवसायीक सम्बन्ध बिस्तार गर्नु मेरो जिन्दगीको सबैभन्दा ठुलो गल्ती थियो । उनीहरु सबै जाली छन् ।

मेरो जिन्दगी एक खुल्ला किताब जस्तै थियो तर यसपछि म एकदमै ट्रमामा पुगे जत्तिकै भए । म आफैलाई प्रश्न गर्छु कि आफ्नो पासवर्ड तथा निजी डिटेल्स उनको टीम संग शेयर किन गरे । राज कुन्द्रा पोर्नाेग्राफी केसमा गिरफ्तार भएका छन् । उनलाई आजको फैसला अनुसार २७ जुलाई सम्म जेलमै राखेर अनुषन्धान गर्न अदालतले आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर