पोर्न फिल्म बनाउने एउटा गाली खाने अर्काे कुन्द्रा , पोर्न फिल्म किन बनाईस भन्दै सोध्छन् मान्छेहरु– करण कुन्द्रा — OSNepal

पोर्न फिल्म बनाउने एउटा गाली खाने अर्काे कुन्द्रा , पोर्न फिल्म किन बनाईस भन्दै सोध्छन् मान्छेहरु– करण कुन्द्रा

LC (KTM) July 30, 2021 0

टेलिभिजनका कलाकार करण कुन्द्राले राज कुन्द्राका कारण आफु बदनाम भएको भन्दै दुःख ब्यक्त गरेका छन् । पोर्नाेग्राफी केसमा गिरफ्तार भएका बिजनेसम्यान राज कुन्द्रा संग थर मिलेकाले आफु बदनाम भईरहेको बताएका छन् ।

करणका अनुसार उनलाई अश्लील फिल्मको बिषयमा धेरै जनाले सोध्ने गरेका छन् । जब बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पोर्नाेग्राफीको मामलामा गिरफ्तार भएका थिए । अंग्रेजी अखबार टाइम्स अफ इण्डियाको वेबसाइटमा छापिएको समाचार अनुसार करण कुन्द्राले भनेका छन्– म हालै एउटा ट्रेकिङको लागि गएको थिए ।

पुलिसवाला लाई थाहा भयो कि एक सेलिब्रेटी आएको छ साथै उ म संग भेट्न चाहान्छ । टुर गाइडले उनीहरुलाई मेरो बारेमा बताए कि उक्त ब्यक्ति करण कुन्द्रा हो । उनले तुरुन्तै मलाई अर्काे कुन्द्रा संझिए र भने– ठिक छ ठिक छ जस्को अहिले पोर्नका मामला चलिरहेको छ । जिममा करण कुन्द्राको कार पार्क गर्ने एक ब्यक्तिले पनि उनलाई यस्तै प्रश्न गरेका थिए ।

ति ब्यक्तिले करण संग भने– अरे सर, के समस्या आयो तपाईलाई ? तपाईको नाम त एकदमै आईरहेको छ । करण ले भने– धेरैले राज कुन्द्राको ठाउँमा करण कुन्द्रा लेख्ने गर्छन्, यहाँ सम्मकी मेरो नामको प्रयोग शिल्पा शेट्टीको पतिको रुपमा पनि लेख्ने गरेका छन् ।

यति सम्मकी पोर्नाेग्राफी र्याकेट संग जोडिएको खबरमा मेरो नाम तथा तस्बीर समेत प्रयोग गर्न सुरु भएको छ । उनका अनुसार अहिले धेरैलाई थरका कारण कन्फ्युज भईरहेको भन्दै सामाजिक सञ्जालमा आफ्नो पोष्टमा पोर्न किन बनाएको भन्दै गालि गर्ने गरेको करणले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर