ओलीको उत्तराधिकारीको दौडमा रावलसहित यी नेताहरु ओलीतिर सक्रिय — OSNepal

ओलीको उत्तराधिकारीको दौडमा रावलसहित यी नेताहरु ओलीतिर सक्रिय

LC (KTM) July 30, 2021 0

काठमाडौं १५ साउन । नेकपा एमालेका दोस्रो पुस्ताका प्रभावशाली नेताहरु अध्यक्ष केपी ओलीतिर लम्किएका छन् ।

नेकपा एमाले विगतमा ७० वर्षको उमेर हद राखिएको कारण दोस्रो पुस्ताका प्रभावशाली नेताहरु उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे ओलीतिर आकर्षित भएका हुन् ।

मधव नेपाल समुहका भीम रावल र सुरेन्द्र पाण्डे ओलतिर लागेका छन् । ७० वर्ष पुगेपछि जुनसुकै पदका नेताहरु पनि पार्टी कमिटीमा नरहने व्यवस्था गरिएको थियो । अध्यक्ष ओलीले अब उमेर हदलाई लिएर कडा कदम चाल्ने सम्भावनाले गर्दा पार्टीको नेतृत्व लिन सक्ने आशामा दोस्रो तहका यी नेताहरु ओलतिर आकर्षित भएका हुन् ।

यता नेपाल पनि केहि महिनामै ७० टेक्दैछन् । भने झलनाथ खनाल र बामदेव गौतम ७० पुगिसके । उमरेको तहले अब यी नेताहरु स्वतः पार्टी कमिटीमा हुने छैनन् । यसकारण पनि यी नेताहर पार्टी एकताको लागि लागि परेका छन् ।

ओलीको उत्तराधिकारीको दौडमा देखा परेका यी नेताहरु सक्रिय रुपमा एकता जोगाउन लागि परेका छन् । तथापी ओलीले यति सजिलै अध्यक्ष छोड्ने भने सम्भावना छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर