टोक्यो ओलम्पिकमा सिल्भर मेडल बिजेता मीराबाई चानु भुँईमा बसेर खाना खादै गरेको तस्बिर भाईरल , यो देखेर थ्री इडियट्सका माधवन छक्क परे, भने–म निशब्द छु — OSNepal

टोक्यो ओलम्पिकमा सिल्भर मेडल बिजेता मीराबाई चानु भुँईमा बसेर खाना खादै गरेको तस्बिर भाईरल , यो देखेर थ्री इडियट्सका माधवन छक्क परे, भने–म निशब्द छु

LC (KTM) July 30, 2021 0

एथलीट मीराबाई चानु जापानको टोक्योमा भएको ओलम्पिकमा सिल्भर मेडल प्राप्त गर्दै भारत फर्किसकेकी छिन् । भारत आउने बित्तिकै उनको एकदमै भब्य स्वागत भएको थियो । आफुलाई गरेको स्वागत देखेर उनी एकदमै भाबुक भएकी थिईन् ।

तर जब उनी आफ्नो घर पुगिन् उनको हालत देखेर थ्री इडियट्सका अभिनेता आर माधवन एकदमै निराश भएका छन् । मीराबाई चानु आफ्नो घरमा भुँइमा बसेर खाना खाईरहेको देखेर उनी एकदमै हैरान भएका हुन् । मीराबाईले ४९ किलोग्राम वेटलिफ्टिंगमा सिल्भर मेडल पाएकी थिईन् ।

ट्वीटरमा अहिले मीराबाई चानुको भुँइमा बसेर खाना खाईरहेको फोटो एकदमै भाईरल भईरहेको छ । उनी यस तस्बिरमा आफ्नो परिवार संग भुँईमा बसेर भात खाईरहेको देख्न सकिन्छ । उनी खाना खाईरहेको बेला फोटोको लागि क्यामरा तिर हेरिरहेको देख्न सकिन्छ । यो तस्बिर देखेर माधवन एकदमै दुखी भएका छन् ।

उनले यो तस्बिरलाई रिट्वीट गर्दै लेखेका छन्– यो साँचो हुनै सक्दैन, म संग बोल्नको लागि कुनै शब्दै छैन । यस भाइरल तस्बिर पछि मीराबाईले आफ्नो एक तस्बिर शेयर गरेकी छिन् । जस तस्बिरमा पनि उनले भुँइमा बसेर खाना खाईरहेकी छिन् ।

उनले उक्त तस्बिरमा २ बर्ष पछि घरको खाना खाएको भन्दै हालेकी छिन् । जस्मा एउटा प्लेटमा भात र तरकारी राखिएको छ । उनी अहिले मेडल जितेपछि परिवारको साथमा समय बिताईरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर