असल मन्त्रीहरू छान्न नै देउवालाई सकस, भागबण्डाले अप्ठ्यारोमा परे देउवा — OSNepal

असल मन्त्रीहरू छान्न नै देउवालाई सकस, भागबण्डाले अप्ठ्यारोमा परे देउवा

LC (KTM) July 31, 2021 0

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पु¥याए पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।

गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरह“दा देउवाका सारथीका रूपमा ‘कस्ता मन्त्री भित्रिएलान् ?’ भन्ने आमचासो छ । कोभिडका कारण संकट निम्तिरहेको छ । यो संकटबाट मुलुकलाई पार लगाउन सरकार परम्परागतभन्दा ‘क्रान्तिकारी र कामयाबी चरित्र’को हुनुपर्ने र यसका लागि देउवालाई काबिल, दक्ष र रातदिन काम (रेडी टु वर्क) गरेर परिणाम निकाल्न सक्ने दक्ष सारथी आवश्यक पर्ने राजनीतिक विश्लेषक एवं प्रशासनविज्ञको सुझाव छ ।

देउवा नेतृत्वको सरकारले लक्ष्य र सफलता हासिल गर्न सारथीका रूपमा आउने मन्त्री इमान्दार, जनउत्तरदायी, विषय विज्ञ र शतप्रतिशत परिणाम दिन सक्षम हुनुपर्ने विज्ञको जोड छ ।

१७ मन्त्रालयको जिम्मेवारी आफैंले बहन गर्नुपर्दा सरकारको कामकारबाही प्रभावकारी हुन नसकेपछि प्रधानमन्त्री देउवा ‘छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी अन्तिम गृहकार्यमा जुटेको’ उनीनिटस्थ बताउँछन् । यद्यपि, उनलाई मन्त्रिपरिषद् विस्तारको सकस भने टरिसकेको छैन ।कोभिड संकटले मुलुकको आर्थिक मात्रै नभएर सामाजिक अवस्थासमेत थला परेको छ । संकट अवस्थाबाट देश जोगाउनुपर्ने मुख्य दायित्व देउवा सरकारको काँधमा छ ।

हाल, प्रधानमन्त्रीसहित चार र एक राज्य गरी ६ मन्त्री छन् । अब १९ मन्त्री आएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । देउवा सरकारको मुख्य चुनौती भनेकै कोभिडसँग जुधिरहेका आमनागरिकलाई समयमै खोप लगाउनु, कोभिड नियन्त्रण र व्यवस्थापन गर्नु हो । कोभिडकै कारण थिल्थिलो आर्थिक अवस्था तंग्राउनुपर्ने दायिŒव छँदै छ ।

स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवाले गठबन्धन दलसँग सूची माग गरिसकेको र आफ्नै दल कांग्रेसबाट मन्त्री छनोटका लागि विभिन्न नेतासँग घनीभूत छलफलसमेत थालेका छन् ।

सम्भवतः केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ । प्रधानमन्त्री र उनको संयन्त्रले मन्त्री छनोट आधार र मापदण्ड भने बनाएको छैन । यो समाचार राजधानी दैनिकमा छ ।

त्यसो त यसअघिका सरकारले पनि त्यस्तो कुनै मापदण्ड र आधार बनाउने गरेका थिएनन् । विज्ञका अनुसार विकसित देशमा स्वास्थ्य, अर्थ, शिक्षा, परराष्ट्रजस्ता मन्त्रालयमा सम्बन्धित विज्ञ नै मन्त्री बनाउने मापदण्ड छ । धेरै देशमा केही महŒवपूर्ण मन्त्रालयमा सम्बन्धित क्षेत्रका विज्ञ नै मन्त्री बनाउने अभ्यास छ ।

प्रधानमन्त्री देउवाले ऋण गरेरै भए पनि सबै नेपालीलाई खोप लगाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । साथै, मुलुकको विकास र समृद्धिसँगै हि“डाउनुपर्ने थप चुनौती उनीसामु छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर