आज काठमाडौँ उपत्यकामा भेरोसेल खोप लगाइदै — OSNepal

आज काठमाडौँ उपत्यकामा भेरोसेल खोप लगाइदै

LC (KTM) July 31, 2021 0

काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि पुन कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ । जसका लाथि ५० वर्षभन्दा माथिको उमेर समुहलाई तोकिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार आज यसअघि छुटेका ५० वर्षमाथिका नागरिक, प्राध्यापक, शिक्षक, चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्नेहरुलाई पहिलो मात्राको खोप दिन लागिएको हो ।

खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्रसहित बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको केन्द्रमा गएर लगाउन सकिने विभागले जनाएको छ ।

आज काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र तोकीएको छ । अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल महारागञ्ज र टेकु अस्पतालमा खोप लगाउन सकिने पनि विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर