हेलमेट नलगाई हिँडेका पारसलाई जब प्रहरीले लतार्यो — OSNepal

हेलमेट नलगाई हिँडेका पारसलाई जब प्रहरीले लतार्यो

LC (KTM) July 31, 2021 0

हेलमेट नलगाई हिँडेका पारसलाई जब प्रहरीले लतार्यो, पारसले तँ तँ र मम गर्दै मेरो पावर हेर्छस् भनेको भिडियो भाइरल

काठमाडौं । पूर्व युवराज पारस शाहलाई कुनै नियम कानुन लाग्दैन ? पावर र शत्कीको दुरुपयोग गर्दै हिँड्ने पारसले शुक्रबार फेरी ड्टीमा रहेका प्रहरीलाई दुर्व्यवहार गरेका छन् । शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाइकल चलाएका उनलाई प्रहरीले हेलमेट लगाउन भन्दा उल्टै प्रहरीमाथि दुरव्यबहार गरेका हुन् । शाहले गल्ती स्विकार्नुको साटो प्रहरीलाई उल्टै दुरव्यबहार गरेको भिडियो अहिले भाइरल भइरहेको छ ।

प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गरेका थिए । त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडी बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए ।

रक्सीले मातेका ती पुरुष थिए, पूर्वयुवराज पारस शाह । रक्सी खाएर चोकमा प्रहरीमाथि अभद्र व्यवहार गरेका उनी हेलमेट नलागाई बाई बत्ताइरहेको अवस्थामा शुक्रबार साँझ नारायणगोपाल चोकमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । भिडियोमा हेर्दा उनले प्रहरीले धम्क्याएका छन् ।

जाम भएपछि घेरिएको भीडमा पारस र प्रहरी छन् । मातेर होसविना बोल्ने पारसलाई प्रहरीले चौँकी लैजान बोलाउन भ्यान मगाउँछन् । तर भ्यान नआएपछि हेलमेट लगाएर प्रहरीले उनलाई सम्झाएर पठाइएको थियो । पूर्वयुवराज शाह पटकपटक उछृंखल गतिविधि गरेर चर्चामा आइरहन्छन् ।२८ जेठ २०७५ मा उनी सवार बा १४ च २१३१ नम्बरको गाडी जावलाखेलबाट ट्राफिक नियम उल्लंघन गर्दै भागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर