अमेरिकी पत्रिकाको प्रतियोगितामा शारीरिक सुगठनका नेपाली मूलका उत्सव सिंह अन्तिम चरणमा प्रवेश — OSNepal

अमेरिकी पत्रिकाको प्रतियोगितामा शारीरिक सुगठनका नेपाली मूलका उत्सव सिंह अन्तिम चरणमा प्रवेश

LC (KTM) July 31, 2021 0

विजय थापा – अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका नेपाली मूलका शारीरिक सुगठनका यूवा उत्सव सिंह अन्तिम चरण(फाइनल)मा पुग्न सफल भएका छन् । अमेरिकी पत्रिका(म्यागजिन )ले आयोजना गरेको प्रतियोगितामा सिंह सेमी फाइनलबाट उनि फाइनलमा प्रवेश गरेका छन् ।

स्मरण रहोस ,सिंहले जुलाई ३ का दिन टेक्सस राज्यमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा दुई वटा स्वर्ण पदक प्राप्त गरेका थिए । उक्त प्रतियोगितामा सहभागी भै दुईवटा स्वर्ण पदक हात पार्ने उनि नेपाली मूलका पहिलो व्यक्ति हुन् ।

जुलाई ३० का शुक्रबार दिउसो अमेरिकी पूर्वीय समय १२ बजे पछि सेमी फाइनलबाट फ़ाइनलमा प्रवेश गर्दै अर्को फड्को हानेका छन् । उनले सबै विश्वमा रहनु हुने सबै नेपाली समुदायलाई मतदान गर्न आग्रह गरेका छन् । अन्तिम चरण अर्थात् फ़ाइनलको मतदान अगस्त ५ सम्म राती ७ बजे ( प्यासिफिक समय )सम्म रहने छन् । अन्तिम चरणको लागि मतदान सुरु भै सकेको छ ।

८ वटा समुह रहेकोमा उनि आफ्नो समूहबाट प्रथम भै अन्तिम चरण (फाइनल) मा पुग्दै अब उनले ८ जनासंग प्रतिस्प्रद्धा गर्नु पर्नेछ । उक्त प्रतियोगितामा बिजेता भएमा प्रथम हुनेलाई २० हजार डलर पुरस्कार प्रदान गरिने छ ।

अमेरिकी पत्रिका -फिचर्ड मसल एण्ड फिटनेस नामक पत्रिकामा बिजेताको तस्विर उक्त पत्रिकाको मुख्य पृष्ठमा प्रकाशित गर्नेछ ।अमेरिकी ईतिहासमा नेपाली समूदायलाई प्रतिनिधित्व गर्दै पत्रिकामा सहभागी भै अन्तिम चरणमा पुग्ने पनि अहिले सम्म उनि एक मात्र नेपाली हुन् । उनि बिजेता भएमा केही समाज सेवामा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

टेक्सस राज्यको ड्यालसमा बिगत ७ बर्ष देखि बसोबास गर्दै आएका सिंहको पुर्खौली घर बुटवल हो । उनले अगस्त २४ ,२०१९ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल शहरमा सम्पन्न एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा सिंहलाई स्वर्ण पदक प्राप्त गरेका थिए ।

+

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर