बलिउड अभिनेत्री शिल्पा शेट्टीले हालिन मिडिया विरुद्ध मुद्दा — OSNepal

बलिउड अभिनेत्री शिल्पा शेट्टीले हालिन मिडिया विरुद्ध मुद्दा

LC (KTM) July 31, 2021 0

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीले दायर गरेको मुद्दाको विषयमा छलफल भएको छ । मुम्बई उच्च अदालतले सञ्चार माध्यम र सामाजिक सञ्जालमा शिल्पा र कुन्द्राको विषयमा समाचार छापिनु मानहानी नभएको बताएको छ । सुनुवाइपछि शेट्टीविरुद्धका केही भिडियोहरू भने हटाइएको छ । न्यायाधीश गौतम पटेलले शिल्पाको निवेदनमाथि मध्यनजर गर्दै मिडियामाथि रोक लगाउनु प्रेस स्वतन्त्रतामाथि गलत प्रभाव पर्ने उल्लेख गरिएको छ ।

सुनुवाइको क्रममा प्रहरीका अनुसार समाचार बनाउनु गलत नभएको उल्लेख गरिएको छ । नायिका शिल्पा शेट्टीले २९ मिडियाकर्मी र मिडियाबिरुद्ध मुम्बई उच्च अदालतमा मानहानीको मुद्दा दायर गरेकी थिइन् ।सौर्य दैनिकमा खबर छ । उनले मिडियाले झूठो रिपोर्टिङ गरेको र आफ्नो छवि बिगारेको शेट्टीले आरोप लगाएकी थिइन् । राज कुन्द्राको अश्लील भिडियो निर्माणको मामलामा अभिनेत्री शिल्पा शेट्टीसँग पनि सोधपुछ भएको छ । यो मुद्दामा शिल्पाले राज कुन्द्रा र आफ्नो बारेमा मिडियाले आफ्नो विषयमा र छवि बिगारेको आरोप लगाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर