शाहरुख खानको चलचित्र ‘पठान’ मा अहिले सम्मकै फरक भुमिकामा देखिदै अभिनेत्री दीपिका — OSNepal

शाहरुख खानको चलचित्र ‘पठान’ मा अहिले सम्मकै फरक भुमिकामा देखिदै अभिनेत्री दीपिका

LC (KTM) July 31, 2021 0

मुम्बई । बलिउड अभिनेता शाहरुख खानको चलचित्र ‘पठान’ मा अभिनेत्री दीपिका पादुकोणको एक्सन रुप रहने जनाइएको छ । लामो समयदेखि चर्चामा रहेको यो चलचित्रमा दीपिकाको हलिउड शैलीको एक्सन रहने जनाइएको छ । उनले हलिउड चलचित्रमा गरेको एक्सन रुप यसमा गर्ने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । उनले चलचित्रमा हतियार चलाएर गुण्डाहरुसँग लडेर फ्यानलाई समेत अचम्मित पार्नेछन् ।

अभिनेत्री दीपिकाले ‘पठान’ मा अहिले एक्सनका सिक्वेलको सुटिङ गरिरहेकी छन् ।सौर्य दैनिकमा खबर छ । मुम्बईमा छायांकन भइरहेको यो चलचित्रका लागि उनले कडा मिहिनेत गरिरहेकी छन् । सिद्धार्थ आनन्दले निर्देशन गरिरहेको ‘पठान’ मा अभिनेता शाहरुख र दीपिकासँगै अभिनेता जोन अब्राहमको समेत प्रमुख भूमिका रहेको निर्माण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर