कैलालीमा भत्ता बुझ्न आएका ७६ वर्षीय नरबहादुरको मृत्यु,थिए यि यि रोगले ग्रसित — OSNepal

कैलालीमा भत्ता बुझ्न आएका ७६ वर्षीय नरबहादुरको मृत्यु,थिए यि यि रोगले ग्रसित

LC (KTM) July 31, 2021 0

कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ । वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका साउँद एक्कासि बिरामी भएपछि उपचारका लागि वडा कार्यालयसँगै जोडिएको धनसिंहपुर स्वास्थ्य केन्द्र पु¥याउने क्रममा मृत्यु भएको वडाध्यक्ष ठकुल्लाले जानकारी दिनुभयो । वृद्धलाई सुगर, प्रेसर लगायतको समस्या रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर