उपेन्द्र यादव जसपा संसदीय दलको नेता चयन — OSNepal

उपेन्द्र यादव जसपा संसदीय दलको नेता चयन

LC (KTM) July 31, 2021 0

काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा०को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ ।

सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका यादव सर्वसम्मतिरुपमा दलको नेता छानिनुभएको हो । नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डा बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्रराय यादव हुनुहुन्थ्यो । सो दलको आज बसेको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका २० र राष्ट्रियसभाका दुई सांसद उपस्थित हुनुहुन्थ्यो ।

निर्वाचन आयोगले यादवले नेतृत्व गर्नुभएको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर