शिल्पा शेट्टी लाई एकपछि अर्काे झट्का, आफु बिरुद्ध मानहानि भएको भन्दै दर्ता गरेको मुद्धा अदालतद्धारा खारेज — OSNepal

शिल्पा शेट्टी लाई एकपछि अर्काे झट्का, आफु बिरुद्ध मानहानि भएको भन्दै दर्ता गरेको मुद्धा अदालतद्धारा खारेज

LC (KTM) July 31, 2021 0

बलिउड अभिनेत्री शिलपा शेट्टीले कैयौ मिडिया हाउसका बिरुद्ध मानहानिको दाबी गरेकी छिन् । यसलाई लिएर उनले मानहानिको मुद्धा समेत दायर गरेकी थिईन् । यस मामलामा मुम्बइ हाइकोर्टको सुनुवाई भएको छ ।

उल्टै मुम्बइ हाईकोर्टले सुनवाईको दौरानमा सोधेको छ कि स्रोतलाई उधृत गर्दे मिडिया समाचार प्रशारण गर्छ भने यो कसरी गलत हुन सक्छ ? हाइकोर्टले वकील संग यो पनि भनेको छ कि – तपाईको क्लाइन्टको पतिका बिरुद्ध एक मामला छ तथा यसमा यो अदालत कुनै पनि प्रकारको हस्तक्षेप गर्दैन ।

तपाईको क्लाइन्ट जो पनि हुन सक्छ तर मानहानिको लागि एक कानुन छ । शिल्पाको वकीलले कोर्टमा भनेका थिए मिडिया जुन रिर्पाेट छाप्छ त्यसले बच्चालाई प्रभावित गरिरहेको छ ।

अदालतले अब यसका लागि अदालत बसेर जाँच गर्नुपर्ने कि हरेक एक कहानीका लागि मिडिया हाउस कुन स्रोतको उल्लेख गर्छ भनेर भन्दै प्रश्न गरेको छ । कोर्टले धेरै जसो रिर्पाेट पुलिसलाई उल्लेख गरेर प्रशारण गरेकोले मानहानिकारक नरहेको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर