बलिउड नायिका श्रद्धा कपुरको पर्सनल च्याट लीक , सामाजिक सञ्जालमा भाइरल, बिशेष मान्छे संग गर्दै थिईन कुरा — OSNepal

बलिउड नायिका श्रद्धा कपुरको पर्सनल च्याट लीक , सामाजिक सञ्जालमा भाइरल, बिशेष मान्छे संग गर्दै थिईन कुरा

LC (KTM) July 31, 2021 0

श्रद्धा कपुर बलिउडकी सुन्दर नायिका मध्ये एक हुन् । उनको सामाजिक सञ्जालमा करोडौ फलोअर्सहरु रहेका छन् । उनको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा एकदमै तिब्र रुपमा भाइरल हुने गरेको छ । हालै उनको दुई तस्बिर सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ ।

यो तस्बिर एक फिल्मको सेटको हो । श्रद्धा कपुरले यस तस्बिरमा निलो ड्रेस लगाएकी छिन् । जसमा उनी एकदमै राम्री देखिएकी छिन् । तस्बिरमा देख्न सकिन्छ कि उनी कसै संग च्याट गरिरहेकी छिन् । उनले यो भुलिन कि उनको तस्बिर पैपराजीले लिईरहेको छ ।

अब यो तस्बिरमा उनको च्याट समेत बाहिर आएको छ । उनको च्याटको झलक हेर्दा उनी कोही बिशेष संग कुराकानी गरिरहेकी छिन् । श्रद्धा कपुरले स्पेशल वान को ३ मुटुवाला इमोजीको नाममा सेभ गरिएको छ । उनको च्याट एकदमै प्रस्ट संग देखिएको छ ।

यस च्याटमा श्रद्धा लेख्छिन्– मैले मेरो जिवनभरमा तिमी जस्तो ब्यक्ति संग कहिल्यै भेटेको छैन । यसको जवाफमा उता बाट आउँछ– म खुशी छु कि तिमी मलाई यसरी सोच्छौ । यस पछि श्रद्धाले म्यासेज गर्छिन्– तिमी साँच्चै सुन्छौ, यस्तो कोही छैन । तिमी मलाई सधै ग्रेट फिल गराउँछौ । यसमा उता बाट हर्ट वाला इमोजीको रिएक्शन आउँछ ।

फेरी श्रद्धा म्यासेज गर्छिन्– हो , तिमी गराउँछौ । मेरो सबै सपना तथा ईच्छाहरु पुरा गर्दिएकोमा धन्यबाद । यसमा उता बाट जवाफ आउँछ– यो मेरो अहोभाग्य हो । जब केही चाहिन्छ मलाई भन्नु । श्रद्धा कपुरको फोटोग्राफर रोहन श्रेष्ठ संग लभ अफेयर चलिरहेको छ । अचेल दुबै जना एकदमै चर्चामा रहेका छन् । तर उनले यो च्याट को संग गरेकी हुन् भन्ने थाहा भएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर