राज कुन्द्राको केसमा बलिउडले दिएन शिल्पा लाई साथ, फिल्म निर्माता हंशल शिल्पाको पक्षमा उभिने एक्लो बृहस्पति — OSNepal

राज कुन्द्राको केसमा बलिउडले दिएन शिल्पा लाई साथ, फिल्म निर्माता हंशल शिल्पाको पक्षमा उभिने एक्लो बृहस्पति

LC (KTM) July 31, 2021 0

अभिनेत्री शिल्पा शेट्टी तथा उनका पति राज कुन्द्रा पोर्नोग्राफी केसका कारण पछिल्लो समय एकदमै चर्चामा रहेका छन् । शिल्पाको पति राजलाई पोर्न फिल्म बनाएको तथा यसलाई बेचेको आरोपमा १४ दिनको न्यायिक हिरासतमा राखिएको छ ।

यसबीचमा शिल्पाले सामाजिक सञ्जालमा एकदमै धेरै गालि बेइज्जती सहनु परिरहेको छ । उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गालिको बर्सा गरिरहेका छन् । यसैबेलामा फिल्म निर्माता हंसल मेहता भने अभिनेत्री शिल्पाको पक्षमा उभिएका छन् । उनले अभिनेत्रीलाई थोरै स्पेस दिन साथै उनको गोपनियता भंग नगर्न आग्रह गरेका छन् ।

उनले कसैलाई पनि दोषी नदेखाउन भनेका छन् । उनले भनेका छन्– अहिले उनी माथि आरोप लागेको छ, साबित हुन देउ, इन्साफ मिल्न देउ, त्यसपछि केही खराब कुराहरु लेख । हंसलले यदि शिल्पाको साथमा उभिन नसक्ने हो भने उनलाई एक्लै छोडिदिन र कुनै पनि गलत प्रचार नगर्न आग्रह गरेका छन् ।

शिल्पा सहि या गलत समयले बताउने भन्दै यो सबै जिम्मा समयकै काखमा छोडिदिन भनेका छन् । उनले युजर्सहरुलाई आफ्नो शब्दमा काबू राख्न समेत चेतावनी दिएका छन् । उनले बलिउडका कोही पनि शिल्पाको पक्षमा नदेखिएको भन्दै उनले आक्रोश समेत पोखेका छन् । एउटा सदस्यलाई पर्दा अरु हात बाँधेर बसेको भन्दै बलिउडका सबै सेलीब्रेटीहरुलाई उनले आक्रोश पोखेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर