पीके फिल्मका लागि आमिर खानले ओठ रातो बनाउन दिनमै यति धेरै चपाउँथे पान, सेटमै राखिएको थियो एक पानवाला — OSNepal

पीके फिल्मका लागि आमिर खानले ओठ रातो बनाउन दिनमै यति धेरै चपाउँथे पान, सेटमै राखिएको थियो एक पानवाला

LC (KTM) July 31, 2021 0

बलिउडका सुपरस्टार आमिर खानलाई यसै मिस्टर परफेक्शनिष्ट भनिएको हैन । उनी आफ्नो भुमीका लाई प्रमाणित गर्नका लागि पुरै जिउ ज्याननै फालेर काम गर्छन् । त्यतिमात्र हैन उनी आफ्नो रोलका लागि आउने जुनसुकै चुनौती बाट पनि पछि हट्दैनन् ।

चाहे त्यो दंगल जस्तो फिल्ममा तौल बढाउने होस् या फिल्म पीकेमा उनको ठुलो ठुलो कान तथा पान खाएका कारण रातो भएको ओठ किन नहोस् । आफ्नो लुक्सलाई पुरा देखाउन उनी कुनै काम बाट पनि पछि हट्दैनन् ।

एकै दिनमा यति धेरै पान चबाउँथे आमिर

आमिर खानले तौल बढाउनका लागि दंगलमा जुन ह्याभि डाइट शुरु गरेका थिए उनै राजकुमार हिरानीको फिल्म पीकेमा आफ्नो ओठ लाई रातो देखाउनका लागि उनले ठुलो च्यालेन्ज लिएका थिए ।

उनले चाहेको भए लिपिस्टीक तथा मेकअप बाटै यो काम सजिलै संग गर्न सक्थिए तर उनले यसलाई रियल देखाउनकै लागि असली तरिका अपनाए । तपाईलाई जानेर हैरान हुन सक्छ कि आमिर फिल्मको शुटिंग भन्दा पहिला एक दिनमा १०–१५ खिली पान खाने गरेका थिए ।

यसका लागि सधै एउटा पानवाला सेटमै रहने गरेको थियो । पीके मा उनको रोल यस्तो थियो जो पान खाईरहन्थ्यो । फिल्म भरमा उनले कति खिली पान खाए त्यसको संख्या उनलाई यादै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर