दर्शकलाई रियालिटी देखाउन आमिर खानले यो फिल्ममा साँच्चिकै पिएका थिए रक्सी, अरु साथी पनि मातेर झुल भएर गरेका थिए अभिनय — OSNepal

दर्शकलाई रियालिटी देखाउन आमिर खानले यो फिल्ममा साँच्चिकै पिएका थिए रक्सी, अरु साथी पनि मातेर झुल भएर गरेका थिए अभिनय

LC (KTM) July 31, 2021 0

बलिउडको सुपरहिट फिल्म थ्री इडियट्स दर्शकहरु आज पनि हेर्न लालायित नै हुन्छन् । यो फिल्मले बक्स अफिसमा सफलताको धेरै कीर्तिमान स्थापित गरेको थियो । बलिउडको सुपरहिट फिल्म थ्री इडियट्समा राजुको भुमीका निर्बाह गरेका शरमन जोशीले यस फिल्म संग जोडिएको महत्वपुर्ण राजहरु खुलाई दिएका छन् ।

उनले एक अन्र्तबार्तामा फिल्मको एउटा सिनका लागि सबै कलाकारले रक्सि पिएको खुलासा गरेका छन् । यो सबै आईडिया भने आमिर खानको रहेको उनले बताएका छन् । शरमन जोशीका अनुसार राजु (सरमन), रेन्चो (आमिर) तथा फरहान (माधवन) सीढिमा बसेर आफ्नो प्रोफेसर (भाईरस) लाई कुरा काटिरहेका हुन्छन् ।

उक्त सिनमा आमिर खान , माधवन र शरमन नशामा मातिएर बोमन ईरानी भाईरसलाई गालि दिईरहेका हुन्छन् । सोही सीनको शुटिंगमा ३ जनाले साँच्चिकै रक्सि पिएको उनको भनाई छ । आमिरले उक्त सिनमा तिनै जनाले रक्सि पिउनु पर्ने आईडिया दिएका थिए । उनले भने– जब हामी यो सीनका लागि तयार भयौ , तब हामी मातेका थियौ । तर सबैभन्दा बढि माधवन मातेको थियो ।

उसले सबैभन्दा राम्रो ढंगले सीनलाईं क्यारी गरेको थियो । यस फिल्ममा माधवनले फरहान तथा आमीरले रेन्चोका भुमीका निभाएका थिए । सन् २००९ मा रिलीज भएको यो फिल्म सुपरहिट साबीत भएको थियो । फिल्म निर्देशक राजकुमारले आमिर, माधवन र शरमनको क्यामेस्ट्रि एकदम हेर्न लायक रहेको बताएका छन् । यसअघि यी ३ जना कलाकार फिल्म रंग दे बसन्तीमा एक साथ देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर