न्यूयोर्कमा नेपाली युवा विपिन लम्सालको आकस्मिक निधन, शवलाई नेपाल पठाउने तयारी — OSNepal

न्यूयोर्कमा नेपाली युवा विपिन लम्सालको आकस्मिक निधन, शवलाई नेपाल पठाउने तयारी

LC (KTM) August 01, 2021 0

विजय थापा । बिश्व कै सम्राट राज्य न्यूयोर्कमा नेपाली युवा विपिन लम्सालको आकस्मिक निधनको खबरले सबैलाई आश्चर्य र दुःखित तुल्याई दिएको छ । ५ बर्ष अगाडी मात्र अमेरिका आएका स्व लम्साल पुन मातृ भूमिमा फर्कन नपाई सबैलाई सदाको लागी छोडेर विलिन भएका छन् ।

उनको निधन भए पछि अहिले उनको शवलाई नेपाल पठाउने तयारी भै रहेको छ । अमेरिकाको न्यु योर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका २८ वर्षीय नेपाली युवा लम्सालको गत जुलाई २७ तारिख मङ्गलवार अचानक मृत्यु भएको गैर आवाशीय नेपाली संघ अमेरिकाले जनाएको छ ।

साथै गैर आवाशीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पाले पनि दुख व्यक्त गर्दै उनको शवलाई नेपाल पुर्याउन आग्रह गरेको सामाजिक संजाल मार्फत सूचना दिएका छन् । यो बिपत घडीमा खर्च जुटाउन गो फण्ड मी खाता न्यूयोर्क शाखाले खोलेको छ ।

साथै १५ हजार डलरको लक्ष्य राखिएको छ भने गो फण्ड यो समाचार प्रकाशित गर्दा सम्म १८ घण्टा अगाडी खोलिएको हो । हाल सम्म ३ हजार ६ सय ५५ रकम संकलन भएको छ । अध्यक्ष शेर्पाले सबैलाई यस दुखको घडीमा सहयोग गर्न सबै नेपाली समुदायलाई आग्रह गरेका छन् ।

यसैगरी गैर आवाशीय नेपाली संघ अमेरिकाका प्रवक्ता तोया गौतमले एक बिज्ञप्ति मार्फत घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि नजिकैको एल्महर्स्ट अस्पताल पुर्‍याइएको थियो। र केही समयमा नै अस्पतालले विपिन लम्साललाई मृत घोषणा गर्‍यो भनि बिज्ञप्तिमा जनाएका छन् ।

स्व लम्साल पर्वत जिल्ला जन्म घर भएका लम्साल २०१६ मा अमेरिका आएका थिए ।एनआरएनए अमेरिकाले पनि स्व लम्सालको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।

हाल स्वर्गीय लम्सालको शव अस्पतालमा नै रहेको छ भने विपिनका बुवा पोशराज लम्सालले छोराको शव नेपाल पठाई दिन एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरलाई अनुरोध गरेका छन् ।

परिवारको अनुरोध अनुसार गैर आवासीय नेपाली संघ अमेरिकाका वर्तमान अध्यक्ष बुद्धि सागर सुवेदीले अमेरिका स्थित नेपाली दुतावास ,मेरिल्यान्ड राज्यका बिधान सभा सदस्य ह्यारी भण्डारी,न्यु योर्क च्याप्टरसँग समन्वय गर्दै शवलाई नेपाल पठाउन पहल गरि रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर