OSNepal बुधबार, मंसिर २२ २०७८

बालगृहका दुई कर्मचारी सहित २० बालबालिकामा कोरोना सङ्क्रमण

बालगृहका दुई कर्मचारी सहित २० बालबालिकामा कोरोना सङ्क्रमण

  • OSNepal
  • आइतबार, साउन १७ २०७८


बालगृहका दुई कर्मचारी सहित २० बालबालिकामा  कोरोना  सङ्क्रमण
Reading Time: < 1 minute

मकवानपुर- मकवानपुरस्थित भीमफेदी बालगृहका २२ जनामा कोरोना  सङ्क्रमण पुष्टि भएको छ । भीमफेदी गाउँपालिका–६ स्थित नेपाल बाल सङ्गठनअन्तर्गतका सो बालगृहमा एकै दिन २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

तीमध्ये बालगृहका दुई कर्मचारी र २० बालबालिका रहेको भीमफेदी गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएका उनीहरुलाई छुट्टै स्थानमा स्थानान्तरण गरिएको बताइएको छ ।

बिहीबार मात्रै बालगृह नजिक रहेको भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड