मलेसियामा कार चोरीको आरोपमा नेपाली पनि समातिए — OSNepal

मलेसियामा कार चोरीको आरोपमा नेपाली पनि समातिए

LC (KTM) August 01, 2021 0

काठमाडौं। मलेसियामा कार चोरीको आरोपमा पक्राउ परेका ६ जना मध्ये १ जना नेपाली रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामध्ये १ नेपाली पनि रहेको मलेसियन प्रहरीले जनाएको छ ।

सेरदाङ ओसिपीडीका असिस्टेन्ट कमिश्नर एए अन्बालाङगनका अनुसार जिल्ला र क्वालालम्पुरका सिआइडी अधिकारीहरुले अहिलेसम्म कार चोरीको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छन् । प्रहरीले सुरुमा ३ जनालाई पक्राउ गरेको थियो ।

जुलाइ २५ मा पक्राउ परेका उनीहरुको साथबाट एउटा मर्सिडिज एस ३२० र टोयोटा एस्टिमा कार जफत गरिएको थियो । पक्राउ परेका ३ जनासँग सोधपुछपछि प्राप्त जानकारीका आधारमा एक जना नेपालीसहित अन्य ३ जनालाई समातिएको हो ।

पक्राउ परेका आरोपितहरुको साथबाट प्रहरीले केही मोवाइल फोनहरु एउटा की प्रोग्रामर र भक्सवागेन पासात, ओडी क्यु७ र टोयोटा फर्च्युनरसहित ६ वडटा गाडी पनि जफत गरेको छ । यो गिरोहले लामो समयसम्म सामुदायिक पार्किङमा पार्क गरेर राखिएका कारहरुलाई निशाना बनाउँदै आएको अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर