काठमाडौँ – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नारायणहिटीस्थित उपत्यका पृतना मुख्यालयको निरीक्षण गर्नुभएको छ ।
त्यसअवसरमा उहाँले पृतनाअन्तर्गतका युनिटले तयार गरेको विभिन्न प्रकारका गतिविधि समेटिएका अभ्यासको अवलोकन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निरीक्षणपछि सकलदर्जालाई सम्बोधन गर्दै मन्त्री उपे्रतीले नेपाली सेनाले देश तथा जनताको सेवामा पु-याएको योगदानको प्रशंसा गर्दै उच्च मनोबलका साथ अविचलित रूपमा समर्पित रहन निर्देशन दिनुभयो ।
मन्त्री उप्रेतीलाई पृतनापति उपरथी विष्णु राउतले पृतनाको जिम्मेवारीलगायत विविध गतिविधिबारे जानकारी गराउनु भएको थियो । उहाँलाई पृतना परिसरमा प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गर्नुभएको थियो ।