पशुपति जान आग्रह गर्दै गर्दा भेटीए पशुपति शर्मा, ऋता थापामगर र राधिका हमाल — OSNepal

पशुपति जान आग्रह गर्दै गर्दा भेटीए पशुपति शर्मा, ऋता थापामगर र राधिका हमाल

LC (KTM) June 30, 2024 0

पशुपति मन्दिर क्षेत्र परिसरमा आगामी साउन महिनाभरी हुन लागेको कोटिहोम महायज्ञलाई सफल बनाउन कलाकारहरुले विशेष भूमिका खेलेका छन् । नेपाल राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरदेखि, राधिका हमाल हुँदै बहुचर्चित पशुपती शर्मादेखि इन्द्रेणीका कृष्ण कँडेलहरुले समेत साउन १ गतेदेखि सुरु हुने कोटिहोम महायज्ञलाई सफल बनाउन लागिपरिरहेका छन् । आयोजक मानव सेवा फाउण्डेसनका अनुसार प्रतिष्ठानकी अध्यक्ष रितालाई ‘ऐतिहासिक श्रीपशुपति कोटीहोम एवं एकसय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ मा आयोजना हुने राष्ट्रिय भजन प्रतियोगीताको संयोजकका नियुक् भगरिएको श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्तीले जानकारी दिए ।

साउन १ देखि सुरु भएर साउन ३२ गतेसम्म चल्ने यस ऐतिहासिक श्रीपशुपति कोटीहोम एवं एकसय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा पशुपति शर्मा र रिता थापा मगरजस्तै कैयौँ कलाकारहरुको सहभागिता रहने श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्तीले जानकारी दिए । जसमा इन्द्रेणीका संचालक तथा गायक कृष्ण कँडेलको पनि महत्वपूर्ण भूमिका रहेको आयोजक मानव सेवा फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका अनुसार कार्यक्रममा नेपालका चल्तिका सबैजसे गायक गायिकाहरुको उपस्थिती रहनेछ ।

यसैबिच कोटिहोम महायज्ञमा सहभागी हुन श्रीराम कथा वाचिका चन्द्रकला सखीले सबैमा आग्रह गरेकी छिन् । श्रीराम कथा वाचिका चन्द्रकला सखी आँफु ब आँफु लण्डनदेखि श्रीराम कथा वाचन गर्न आउने हुँद समैसँग भेट हुने सुअवसरका लागि प्रतिक्षारत रहेको भन्दै खुशी व्यक्त गरेकी छिन् । उनले साउन १६ गतेदेखि ३२ गतेसम्म आफ्नो प्रस्तुती रहने पनि जनाएकी छिन् । हाल बेलायतमा रहेकी श्रीराम कथा वाचिका चन्द्रकला सखीले जन्मभूमि आउने यो सुवर्ण अवसरका लागि आयोजक मानव सेवा फाउण्डेसनलार्य धन्यावाद समेत ज्ञापन गरेकी छिन् ।

यसैबिच श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्तीका अनुसार मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउनमा हुने कोटीहोम महायज्ञको तयारीको ८५ प्रतिशत काम सम्पन्न भएको र बाँकी काम केही दिनमा नै सकिने छ । ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ कोटीहोम महायज्ञ आयोजना गरिएको मानवसेवा फाउण्डेसनले जनाएको छ।

पशुपति वनकाली हंसमण्डपमा हुने ‘ऐतिहासिक श्रीपशुपति कोटीहोम एवं एकसय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ साउन १ देखि सुरु भएर साउन ३२ गतेसम्म चल्नेछ । महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभालगायतले कथावाचन गर्ने जनाइएको छ। एक महिने सो विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार एक सय दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने फाउण्डेसनले जनाएको छ ।

यसअघि मानवसेवा फाउण्डेसनले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सहयोग पु¥याउन छुट्टाछुट्टै समय र स्थानमा श्रीमद्भागवद् लगाइसकेको छ। अभिभावकवीहिन अनाथ तथा आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निशुल्क रुपमा गास, वास , कपास, स्वास्थ्य, शिक्षा र न्यानो माया मामाघर आश्रमले दिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर