नेम्वाङको ब्रिफिङ : माधव नेपाल पार्टी एकताको पक्षमा छैनन् — OSNepal

नेम्वाङको ब्रिफिङ : माधव नेपाल पार्टी एकताको पक्षमा छैनन्

LC (KTM) August 01, 2021 0

काठमाडौं १७ साउन । नेकपा (एमाले) का नेता सुवास नेम्वाङले एमालेका वरिष्ठ नेता माधव नेपाल पार्टी एकताको पक्षमा नभएको बताएका छन् ।

पार्टीको एकताको लागि अध्यक्ष केपी ओलीको तर्फबाट लगातार प्रयास भएको तर नेता नेपालले भने एक पछि अर्को शर्त राख्दै एकतालाई टार्दै गएपछि पार्टीको विवाद समस्या समाधान गर्नको लागि गठित ओली पक्षका नेता नेम्वाङले अब नेपाललाई पर्खिएर केहि नहुने बताएका हुन् ।

हिजो बसेको स्थायी कमिटि बैठकलाई पनि नेपाल आउने आशमा ओली पक्षका नेताहरुले अझैँ एकताका लागि पर्खिन आग्रह गरे पश्चात बैठक अुख्य विषयवस्तुमा पैवेश नगरी सकिएको थियो ।

एकताको प्रयास गर्न हिजो पनि नेम्वाङ र विष्णु पौडेल नेपालसँग भेटी छलफल गरेका थिए । तर नेपालले ओलै अध्यक्षको रहेको एमालेमा आफु एकता नगर्ने स्पष्ट पारिदिएपछि आज नेम्वाङले अ‍ोलीलाई नेपाल पार्टी एकताको पक्षमा नभएको स्पष्ट पारेका हुन् ।

हिजो भएको जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पनि एमालेमा नेपाललाई अब कुनै स्थान नभएको भन्दै गद्दार नेताको सज्ञा दिउका थिए ।

अब आज बस्ने स्थायी कमिटिको बैठकमा यस विषयमा छलफल गरिने समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर